प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
काठमाडाैं | चैत ४, २०८०
काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको थियो ।
स्वार्थ जोडिएको मन्त्रालयमा मन्त्रीलाई जिम्मेवारी दिएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै यस विषयमा प्रधानमन्त्रीबाट जवाफ नआएसम्म गृहमन्त्रीले अगाडि बढाउने कार्यसूचीलाई सहयोग नगर्ने भन्दै कांग्रेसले अवरोध गरेको हो ।
शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर संघीय संसद सचिवालयले आजको बैठकका लागि सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो विषय समावेश छैन ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने पनि संघीय संसद सचिवालयले जनाएको छ ।
शुक्रबारको बैठकमा कांग्रेस सांसद रमेश लेखकले प्रतिपक्षी दलले पटक(पटक उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा राख्नुहुने प्रस्तावमाथि छलफल गर्न नसकिने बताउँदै उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको कार्यसूचीमा भने अवरोध नगर्ने बताएका थिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

